उपराष्टपति पुनको डायरी : आर्मीसग अन द स्पट वार्ता

                               

युद्धका वेला माओवादीले गरेको चार दर्जनजति ठूला तथा साना फौजी आक्रमणको प्रत्यक्ष कमान्ड पासाङ’ले सम्हालेका थिए । उनको नेतृत्वको होलेरी भिडन्त सबैभन्दा चर्चाको विषय बन्यो, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै । ०५८ असार २८ गतेको होलेरी हमलाका ३६ घन्टाबारे कमान्डर पासाङको बयान :

उपराष्टपतिमा दोहोरिदै छन्, नन्दवहादुर पुन पासाङ’ । शनिवार उम्मेदवारी दर्ताका क्रममा पुनको मात्रै एकल उम्मेदवारी परेकोले उनी दोश्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भईसकेका छन् । यद्यपी निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न भने वाँकी छ । 
उने उपराष्टपति पुन १० वर्षे माओवादी युद्धका वेला सैन्य कमान्डर थिउ । तत्कालीन राज्य हा“क्नेहरू उनको युद्धकौशल देखेर चकित पर्थे । सेना समायोजन नहु“दासम्म पासाङ माओवादी सेनाको प्रमुख रहे । युद्धका वेला माओवादीले गरेको रोल्पाको होलेरी, म्याग्दीको बेनी, अर्घाखा“चीको सन्धिखर्क, अछामको मंगलसेन, डोल्पाको दुनै, जुम्लालगायत चार दर्जनजति ठूला तथा साना फौजी आक्रमणको प्रत्यक्ष कमान्ड उनैले सम्हालेका थिए ।

उनको नेतृत्वको होलेरी भिडन्त सबैभन्दा चर्चाको विषय बन्यो, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै । होलेरी आक्रमणलगत्तै नेपाली सेना परिचालन गर्ने आफ्नो योजना असफल भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा नै दिएका थिए । होलेरी अप्रेसनका वेला नेपाली सेनाको टोली फिल्डमै पुगेर पनि चिठी साटासाट गरेर फर्केको थियो । ०५८ असार २८ गतेको होलेरी हमलाका ३६ घन्टाबारे कमान्डर पासाङको बयान :

 

प्रहरीमाथिको आक्रमणमा एकपछि अर्को सफलता पाइरहेका थियौ“ । ०५८ असारतिर ‘अब प्रहरीस“ग फाइनल फाइट गर्नुपर्छ’ भन्ने भयो । त्यसअघिसम्म राति ८ देखि १ बजेको बीचमा प्रहरी चौकी आक्रमण गर्ने गरेका थियौ“ । हामीविरुद्ध विपक्षीहरुले ‘माओवादी सेनाहरु राति लुकेर आक्रमण गर्छन् । दिउ“सो आक्रमण गर्ने ताकट छैन । यो रातमा चोरेर गर्ने काम हो’ भन्ने भ्रम फैलाइरहेका थिए । हामी ती भ्रमपूर्ण प्रचारलाई झुट सावित गर्न चाहन्थ्यौ“ ।‘अब प्रहरीस“ग दिउ“सो लड्नुपर्छ, जुन प्रहरीस“गको अन्तिम लडाई होस्’ चाहान्थ्यौ“ । पार्टीले पनि त्यही योजना ल्यायो ।

मलाई पार्टीले उपयुक्त स्थानको सर्भे गर्ने जिम्मेवारी सुम्पियो । ‘आक्रमणका लागि सबैभन्दा उत्तम भालुबाङ हुन्छ’ भन्ने निष्कष निकाले“ । तीनदिनसम्म भालुबाङमा बसेर ‘सर्भे कम्प्लिट’ गरे“ । दुर्भाग्यवस आक्रमणका लागि शक्रि केन्द्रित गर्दै गर्दा ‘प्लान एक्सपोज’ भयो ।

भालुबाङको योजना खुलेपछि घोराही गएर बसे“ । अब ‘कहा“ आक्रमण गर्ने त’ भन्ने भयो । तुल्सीपुरमाथि आक्रमण गर्नुपर्छ भन्ने सोंचाई बन्यो । र, म त्यसको सर्भेमा लागे“ । तर क्याम्पको नजिक के पुगेर सर्भे के सुरु गरेको थिए“, प्रहरीलाई मेरो गतिधि शंकास्पद लागेछ । पिछा गर्न थालिहाल्यो । धेरैमाथिसम्म पिछा गर्दै आयो । म सामान्य मान्छेजस्तो गरि हिंडेपछि उसले छोड्यो ।

दुवै योजना असफल भए । एउटा योजनाकार, कमाण्डरलाई ‘प्लान एक्सपोज’ हुनुजस्तो पिडा अरु हु“दो रहेनछ । तर युद्धको कुरा थियो । निराश हुनुपर्ने कुरै थिएन ।
कमिसार अनन्त हुनुहुन्थ्यो । तुल्सीपुरबाट लखेटिएको सा“झ उहा“स“ग भेट भयो । हाम्रो फोर्स दाङमा जम्मा भइसकेको थियो । मैले अनन्तलाई ‘भालुबाङ खुल्यो, तुल्सीपुर थाहा पाइहाल्यो । अब ठूलो आक्रमण सम्भव भएन । सानो त सानै हुन्छ । तर माथितिर गएर होलेरीको इप्रकालाई दिउसै बजाइदिउ“’ भने“ ।
‘ईलाका प्रहरी कार्यालय, होलेरीमाथि नै आक्रमण गरौ“’ भन्ने योजना बन्यो । अरु कमाण्डरहरुस“ग पनि सल्लाह ग¥यौ“ । होलेरी आक्रमण गर्न कुनै सर्भे गर्नुपर्ने थिएन । हामी एक तहका कमाण्डर पूर्ण जानकार थियौ“ ।‘सामान्य रोकल गर्ने, विफ्रिङ गर्ने र होलेरीको चौकी उठाउने’ भन्ने योजना बन्यो ।
हाम्रो टोली रोल्पाको उगातिर उक्लियो । असार २७ गते (२०५८) राती नौ बजेतिर उगामा जम्मा भयौ“ ।मध्य राति १२ बजेसम्म प्लानिङ ग¥यौ“ । चार बजे ‘एट्याक’ गर्ने योजना बनाएर मध्य राति दुई बजे जिम्मेवारी बा“डफा“ड ग¥यौ“ ।

०००
हामी ‘मुभ’ भयौ“ । भाले पनि बास्यो । गस्तीमा आएको प्रहरी टोलीहरुलाई चारैतिरबाट घेरेर भित्र लैजाने र ‘एट्याक’ गर्ने ‘प्लान’ थियो । हामी जा“दा केहीं टोली बाहिरै थिए । ‘अब त उज्यालो भयो । जाउ“’ भन्दै थिए । नजिकै पुगिसकेका हामीले चुप लागेर उनीहरुका कुरा सुन्यौ“ । उनीहरु स्लिपिङ व्याग टकटक्याउ“दै क्याम्पतिर लागे । सबै होलेरी बजारभित्र प्रवेश गरे ।
धेरैजसो व्यारेकमा प्रवेश गरेका थिएनन् । हाम्रो घेराबन्दीमा परिसकेका थिए । त्यहीं बेला मैले काशन गरे“, ‘ल तिमीहरु सबै हाम्रो घेरामा परिसक्यौ । हात उठाउ, हतियार बुझाउ र आत्मसमर्पण गर । नत्र एकजना पनि बच्नेवाला छैनौ ।’ हामीले फायर पनि खोल्यौ“ । केहीं प्रहरीले तत्कालै हात उठाइहाले । केहीं सिस्नुको झाङमा छिरे । कोही घरभित्र छिरे । सर्च गर्दै जा“दा सबैले आत्मसमर्पण गर्दै गए । एकजना प्रहरी क्रस फायरमा परे । हाम्रो उद्देश्य मार्नु थिएन, सबैलाई कब्जामा लिनु थियो । चौकीमा रहेका ७० मध्ये ६९ जनाले आत्मसमर्पण गरे । हतियार बुझाए । हामी उज्यालोमा रमाइलोस“ग नारा फर्कियौ“ ।
०००
रोल्पाकै करेटी गाविसको ह्याङ गाउ“मा ‘रिट्रिट प्वाइन्ट’ बनाएका थियौ“ । २८ गते दिउ“सो त्यहा“ पुगेर खाना खायौ“ । आत्मसपर्मण गरेका सबै प्रहरीलाई स“गै लिएका थियौ“ । उनीहरुलाई रेडक्रसमार्फत मुक्त गर्ने हाम्रो योजना थियो । त्यस दिन ह्याङमै आराम ग¥यौ“ । रात पनि त्यहीं वित्यो ।
कब्जा गरिएका हतियार विभिन्न टोलीको लागि बा“डफा“ड गर्न भनेर भोलीपल्ट विहानै देखि काम थाल्यौ“ । त्यहीं बेला आकाशमा तत्कालीन शाही नेपाली सेनाको हेलिकोप्टर घुम्न थाल्यो । आक्रमण गर्नुअघि पनि हामी विरुद्धमा आर्मी परिचालित हुनसक्छ भन्ने आ“कलन गरेका थियौ“ । तर मुठभेडमै नआउला भन्ने लागेको थियो । आइहाले आक्रमण गर्ने तयारी थियो । किनकी प्रहरीपछि हाम्रो लडाई आर्मीस“ग नै हुन्थ्यो ।

सुरुमा एमआई–१७ हेलीकोप्टर हामी नजिकैको नागामा ल्याण्ड ग¥यो । त्यहा“ एक प्लाटुन शाही सेना ल्याण्ड ग¥यो । अर्को हेलीकोप्टरले बुर्तिबाङमा ल्याण्ड ग¥यो ।
नागामा ओर्लिएका आर्मीहरु हामीभन्दा माथि थिए । हामी सिधै तल थियौ“ । त्यो टिमले हामीलाई सर्लक्कै देख्यो । उनीहरुको योजना बुर्तिबाङको टिमले तलबाट नाकाबन्दी गर्ने र नागाको टिम हामी भएतिर आउने देखियो । नागाको फोर्सलाई हेलीकोप्टरले उठायो र हाम्रो एक किलोमिटरनजिकका दुरीमा ल्याण्ड ग¥यो ।
हामीस“ग लड्नुको विकल्प थिएन । हामीले त्यो फोर्सलाई रोक्न हाम्रो फोर्सलाई पठायौ“ । त्यहीं बेला घाइते, कब्जा गरिएका हात हतियार, कब्जामा परेका प्रहरीलाई अन्यत्रै पास गर्नतिर लाग्यौ“ ।

हेलीकोप्टर त्यहा“बाट पनि उड्यो । र, हामी भएकोमै ल्याण्ड गर्न खोज्यो । हामीले त्यो हेलीकोप्टरमाथि नै आक्रमण ग¥यौ“ । हेलीकोप्टर धु“वा छोड्दै आकाशियो । साथीहरु ‘अब झ¥यो झ¥यो’ भन्दै खुसीले ताली बजाउदै थिए । तै पनि पाइलटले नियन्त्रण गर्दै लग्यो । बुढागाउ“मा ल्याण्ड ग¥यो । एकजना मरेछ । एउटाको हातखुट्टा भा“चिएछ ।
०००
त्यसपछि हेलीकोप्टर आएन । हामी नुवागाउ“तिर ओर्लियौ“ । आर्मीको दुईवटा प्लाटुन भएको हुनुपर्छ, उनी पनि खोल्साबाट तलतिर झरे । हामी ‘अब यो फोर्सलाई यहीं घेर्नुपर्छ’ भन्नेमा पुग्यौ“ । हाम्रो आधा फोर्स पहिलै पारिपट्टि पुगिसकेको थियो । हामी पनि पुग्यौ“ । आर्मीहरु नुवागाउ“को मुख्य सडकबाट माथि उक्लिए । डिभेन्स लिएर बसे । हामीले घेरा कस्दै नजिक पुग्यौ“ । दुवैतर्फको ‘फायर रेन्ज’ एक अर्कालाई ‘इफेक्ट’ गर्ने खालको थियो ।

हामीले त्यसअघि फायर खोलिसकेका थियौ“ । फायर बन्द ग¥यौ“ । उनीहरु फायर नखोलेर डिफेन्स पोजिशनमा बसिरहे । उनीहरुले फायर खोल्दा, त्यहा“बाट मुभ हु“दा कब्जा गरिहाल्ने प्लानमा थियौ“ । उनीहरु जुन बाटोबाट आएका थिए, त्यहींबाट आक्रमण बढाउने र अन्यत्रबाट घेराबन्दी गर्ने योजनामा थियौ“ ।
उनीहरु चुपचाप बसिरहे । चुपचाप बसिरहेको बेला आक्रमण गर्नु युद्धको नियमभित्र पर्दैन । त्यसपछि के गर्ने भन्नेमा अनन्तजी र म सल्लाह ग¥यौ“ । आक्रमण गर्ने, बाटो खोलेर जान दिने वा कुरेर बसिरहने विकल्प थियो । कुरेर बसिरह“दा हाम्रो ‘टाइम लस’ हुन्थ्यो । अनन्तजी र मैले एकचोटी माइकिङ गरेर ‘तिमीहरु हाम्रो घेरामा छौ । किन आएको । कहा“ आएको । वार्ता गरौ“’ भन्ने त्यसपछि त्यसको उत्तर के आउ“छ त्यस बमोजिम अघि बढ्ने सल्लाह ग¥यौ“ ।

मैले माइकिङ गरेर भने“, ‘तिमीहरु यहा“ कहा“बाट किन आएका हौ ? तिमीहरु सबै हाम्रो घेराबन्दीमा छौ । लड्न आएका हौ भने तिमीमाथि हामी एट्याक गर्छौ“ । तिमिहरु हामीबाट उम्कने चान्स छैन । चारैतिरबाट घेराबन्दीमा छौ ।’ त्यसो भन्दा साथीहरुले चारैतिरबाटहवाई फायर खोले । त्यसपछि उनीहरु आत्तिए । र, ठूलो स्वरमा एउटाले जवाफ दियो ‘होइन हामी तपाईंहरुस“ग लड्न आएको होइन, हामीलाई यहा“ तालिम भनेर पठाइएको हो । हामी लड्न चाह“दैनौ“ । बरु भेटेर कुरा गरौ“ ।’
हामीले ‘त्यसो हो भने हामी पनि तल बाटोमा विना हतियारका दुईजना पठाउ“छौ“, तिमीहरु पनि विना हतियारका दुईजना पठाउ । तिमीहरुको कुरा लेखेर पठाउ’ भन्यौ“ । उसले ‘हुन्छ’ भन्यो ।

दुवै पक्षको दुई दुईजना मान्छे सडकमा भेट भए । हाम्रा साथीहरुले उनीहरुको तर्फबाट प्रेशित चिठी ल्याएर आए । चिठीमा ‘हामीहरु लड्न आएको होइन, तालिममा पठाइएको हो । हाम्रो लड्ने चाहाना पनि होइन र तपाईंहरुस“ग लड्न पनि सक्दैनौ“ । हामीलाई बाटो खोलिदिनुहोस् । हामी जान्छौ“’ लेखिएको थियो ।
अनन्तजीले हाम्रो तर्फबाट ‘होलेरीतर्फबाट बाटो खोलीदिन्छौ“ । त्यहींबाटो जाउ । अन्यन्त्र नलाग्नु’ भन्ने चिठी लेख्नुभयो । त्यो चिठी उनीहरुकोमा पुग्यो । उनीहरु ‘हुन्छ हामी तपाईंहरुले भनेको बाटो जान्छौ“ । बाटो खोलिदिनुस्’ भने । हामीले त्यो साइडको बाटो खोलिदियौ“ । उनीहरु गएपछि हामीले पुरै घेरा खाली ग¥यौ“ । त्यसबेला सा“झको साढे ६ जति भइसकेको थियो । २८ गते विहान बजेबाट सुरु भएको लडाईं २९ सा“झ साढे ६ बजेतिर सकियो ।
हामी दुम्लातिर लाग्यौ“ । सा“झ दुम्ला पुग्यौ“ । सा“झ रेडियो सुनेको त ‘शाही नेपाली सेनाले नुवागाउ“मा माओवादीविरुद्ध घेरा कसिरहेको छ । माओवादीका कमाण्डरहरु घेराबन्दीमा छन्’ पो भन्छ । हामी सबै मजाले हा“स्यौ“ । र, विकेन्द्रीत भयौ“ ।
०००

त्यसबेलासम्म हामीस“ग स्याटलाइट फोन थिएन । पार्टीको हाइकमाण्डमा तुरुन्तै रिपोर्ट गर्ने सम्भावना थिएन । हामीले दाङको योजना खुलेको र अन्यत्र आक्रमण गर्दा पनि शाही नेपाली सेना परिचालित हुन सक्ने रिपोर्ट गरिसकेका थियौ“ । केहीं दिनपछि सबै घटना विवरण हेड्क्वारमा पु¥यायौ“ । हेड्क्वाटरले धन्यवाद भन्यो । हाम्रो कब्जामा रहेका प्रहरीलाइै केहीं दिनपछि आइसीआरसीमार्फतबुझायौ“ ।

०००
होलेरी घटनाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, राजा वीरेन्द्र र शाही नेपाली सेनाबीचमा ठूलो अन्तरविरोध पैदा भयो । गिरिजालाई सेना परिचालन भएन, माओवादीलाई चारैतिरबाट घेरेन भन्ने लाग्यो । तर सेना त परिचालित भएकै हो । उनीहरु हामीस“ग मुठभेड गर्न नसक्ने भएपछि वा उनीहरुको हाइकमाण्डले अहिले मुठभेड गर्नेबेला भएको छैन भनेर होला, मुठभेड नगरेको । मुठभेड गरेको भए सबै चिरिप्प हुन्थे । उनीहरुले सुरक्षाका लागि बुद्धि पु¥याएको हुनुपर्छ ।
गिरिजालाई लाग्यो राजाले सेना परिचालन गरेनन् । राजा वीरेन्द्र लाग्यो होला अहिले सेना परिचालन गर्ने बेला भएको छैन । वार्ताको कुरा पनि चलिरहेको थियो । वीरेन्द्र माओवादी समस्या वार्ताबाट समस्या समाधान खोज्नुपर्छ भन्नेमा थिए । त्यहीं भएर वीरेन्द्रले गिरिजा प्रसादको कुरा नसुनेको पनि हुनसक्छ ।

त्यहीं घटनाले गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको पदबाट राजिनामा गरे । शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा आए । माओवादी सरकार वार्ता भयो । तर वार्ताबाट निष्कर्ष निस्किएन । त्यसपछि हामी सचेत ढंगले शाही नेपाली सेनास“गको लडाईंमा अगाडि बढ्यौ“ । त्यसैको उपज हो २०५८ मंसिर ८ गते घोराहीमा गरेको आक्रमण ।