“लक्ष्मी को पुजा गर ,तर उनको अस्मिता लुट्ने प्रयस नगर “

                               

दशैं सकिएर अब तिहार हर्शुल्लास का साथ भित्रिएको छ । तर हरेक अामाकाे अाँखामा अाँशु , मनमा पीडा र त्रास बाेकेर अायाे । सबैले अा-अाफ्नाे घरमा माता लक्षीकाे पुजा अारधना गर्छाैं ।यम पन्चक , धनतेरस काे दिन देखि पुजाकाे सुरूवात गरि भाईटिका काे दिन हाम्राे रमाईलाे चाड् सकिन्छ । तर जुन देविकाे हामी पुजा गछाैं उनी काे हुन त ? निराकार छिन तर पनि हामी अास्थाका साथ सर्मपित भएर ध्यान मग्न हुन्छौं पुजा गर्नमा । किन एति धेरै अास्था हाम्राे माता लक्ष्मी प्रतिकाे ? डरले ? कि एैशर्य प्राप्तिकाे अाशाले ? पाप लाग्छ पुजा नगर्दा ? कि त धन सम्पति काे अाेइराे लाग्छ पुजा गर्दा ? याे हाम्राे हिन्दु धर्मकाे संस्कार, परम्परा , रिति रिवाज हाे कि अन्धविस्वास ? यदि तिनै देविकाे पुजा गर्न दुई हात जाेडिन्छ भने , तिनै देविलाई निर्बस्त्र पारि उसकाे अस्मिता ड्गाई , निमर्म हत्या गर्न किन हात काप्दैन ?

निराकार देविकाे पुजा गर्नु काे अर्थ एैशर्य , वैभब बर्सिन्छ भन्ते लालच त हैन ? पुजा नै गर्नु छ भने घरमा भएकी लक्ष्मिकाे पुजा गर, नाकि उसकाे याैन उपभाेग गरेर याैन तृष्ण मेटाउने लालच मनमा नपाल । अाफुले चाहेँ भन्दा हजाराै गुना बैभव बसिर्ने छ हरेक काे भन्डारमा । कति लज्जास्पद र क्रुर मानसिकताले भरिएकाे हाम्रा समाजका भद्रता को मुखौटा को भित्र लुकेका कायर कतिपय दानव पुरूसहरू ।अादि शक्ति दुर्गा , लक्ष्मिकाे रूपमा मन्दिरमा इनै नारि काे पुजा गर्छाै , तर इनै लक्ष्मी रुपि हाम्रा छाेरि चेलि, अामा, दिदी, बैनिकाे अस्मिता विश्व दरवार मा निर्वस्त भई रहेकाे टुलु टुलु हेरेर बस्न सक्छाै । लक्ष्मिकाे पुजा गर , तर उसकाे अस्मिता लुट्ने प्रयास नगर।

खै कहाँ लुकेर बसेका छन हाम्रा देशका उच्च पदस्त वुद्विजिविहरू, धर्म संस्कृति को अाड्मा सास्त्रका ठुल्ठुला प्रवचन छाटनेहरू । हाम्राे पवित्र धर्म ग्रन्थकाे कुन अध्यायमा लेखिएकाे छ, बाबुले छाेरिकाे अस्तित्व डगाउनु हुने , दाजु भाईले दिदि बहिनिकाे , गुरूले सिस्यकाे श्रीमानले श्रीमती काे ? हुन त हाम्रा पवित्र ग्रन्थहरू पनि अछुताे त छैनन् यहाँ ।

जहाँ ईतिहास पल्टाएर हेर्दा ,देवता सम्झि स्तुति गरिने तेहि धर्म ग्रन्थ अाचार सहिता ,आख्यान हरूमा बलात्कारि , पुराचारि पात्र हरु देश विकाशकाे निम्ति नभएर ,अभिभावक हरू बलात्कारकाे उजुरी लिएर अदालतकाे कठघरमा दिनहु समय खर्चनु परेकाे छ । शान्ति भुमि भनेर बिश्वले सराहना गर्ने हाम्राे देशमा अाज खुलेर निभिर्क भई सडकमा हिड्न पनि कदम डगमगाउन थालेकाे छ । किन अाज हरेक छोरी चेली ले अाफ्नाे अस्मिता जाेगाउन धाै धाै परेकाे छ । अाखिर कहिले सम्म सहने याे अत्याचार ,याे अराजकता ? यौन जन्य शारिरिक ,मानसिक हिंसा , तेजाव प्रकरण जस्ता जघन्य अपराध सहेर ,कतिदिन सिर्जन शिल काम गर्ने मनाेभावनामा गम्भीर अाधात पुस्यएकाे धाइते मुटु लिएर कतिदिन बाच्ने ? ढुक्क सँगले अभिभावक हरू न निधाउन सकेका छन् , न त अाफ्नाे दिन चर्यामा निस्कन सकेका छन् । छाेरि , दिदी बैनि, अाफ्नी शिष्य , श्रीमती माथि सुन्दर सपना बुनेका पिता, दाजु भाई श्रीमान र गुरूहरूकाे शिर निहुरियाएर हिड्नु पर्ने स्थितिकाे सृजना भई रहेकाे छ दिन का दिन ।कति लजास्वद भयाे हाम्राे देश !हाम्राे समाज ! अाज पिडि्तले न्याय पाउन नसकेकाे कारन पनि कतै कमजाेर प्रशसन , अशक्त , गरिबी, र सामान्य नारि भएर त हाेईन् ? नारि प्रतिकाे भेद भाव , हेपाहा प्रबृति मात्र गँजिदै गएकाे छ हाम्राे समाजमा । खै त नारि प्रतिकाे समानता र स्वतन्त्रता ? हरेक दिन २ बर्ष देखि १३ बर्ष सम्मका मात्र नभई बृद्धा, दृष्टि विहिन पनि बलाकृत भई रहेका छन् । तर एकाध पुरूष मित्रहरू बाहेक अरू कसैले खुलेर न बाेल्न सकेका छन् न त न्यायकाे लागि कुनै अपिल या बहस नै ।

उल्टै नकारात्मक प्रतिक्रिया अाउछन् । अङ्ग प्रदर्शन, महिलाको हाउ भाउ, श्रिङ्गार् र अाडम्बर पस्चिमा जीवन शैली । महिलालाई नै दाेसि ठहर्याउने यो कस्तो संकीर्ण मानसिकता, पिडित लाई नै उल्टै बेश्या, चरित्रहिनता काे अाराेप लगाईने याे मानसिकता कस्ताे ? पितृसतात्मक साेच काे उपज हैन त ? तिनै नारि काे जय जयकार मा अाँफु देव तुल्य काे ताज पहिरिने ,अनि जति सक्दाे उनैलाई तुच्छ मानि” खुट्टा भए जुट्टा हजार ” “मर्द का साट अाेटी” सालि कस्की भेनाकी , साली अाधि घरवाली “जस्ता अपशब्द, अश्लील ब्याख्या गरेकाे दैनिक हाम्राे समाजमा देख्न सुन्न पाईन्छ । तिनै कुरा फेरि महिलामा लागू हुदैन किन ? देबर कस्काे भाउजू काे भन्नू पर्ने हाे नि त महिलाहरु ले पनभेटिरहेका हुन्छाै । उदाहरन स्वरूप , बिष्नुले बृन्दाकाे सतित्व डगाउनु, द्राेपदिकाे भारि राज सभामा चिर हरण हुनु, सिताकाे पाताल प्रवेश यी सबै जलन्ट उदाहरण हुन् । सताब्दि देखि चलिअाएकाे ईतिहास अहिले पनि दाेहाेरि नै रहेकाे छ ।
महिला प्रतिकाे हेर्ने दृस्टिकाेणमा जव सम्म परिवर्तन अाउदैन, नारि प्रतिकाे हेपाहा प्रतिकाे अन्त हुदैन ,तब सम्म एस्तै जधन्य अपराध बड्दै जान्छ र दन्ढ हिनताले पराकाष्ठ नाघ्दै जान्छ ।बिहान उठेर पत्रिका समाएर हेर्न पनि सबै को हात थरर काप्न थालेको छ अचेल , कतै अाजकाे दर्दनाक समाचारले दिमाग ,एक बम झै पडकिएर गिदि नै छर पस्ट हुन्छ कि , मुटुकाे धडकनै पो राेकिन्छ कि जस्ताे हुन्छ , जसरि हरेक दिन नावालक छाेरिहरू, बृद्धा अामाहरूकाे साँस राेकिएकाे छ ।घर भित्रै ,ट्युसन पड्न जाँदा , हाेटलमा खाना खान पस्दा, चाैरिमा खेल्न जाँदा, छिमेकि बाट ,कतै कार्यक्रम सकेर घर फकिर्दा, समाचार माध्यममा हाेस या त साहित्य छेत्रमा, कतै जमघट मा हाेस , जता ततै असुरक्षित महसुस हुन थालेकाे छ , कतै निस्किएर हिड्दा पनि अाफ्नाे अस्मिता गुमाउनु पर्ने पाे हाे कि भन्दै पीडा र त्रास ले मन मुटु चसक्क चस्किन थालेकाे छ । अाफ्नै अाँगन असुरक्षित भएकाे छ । चारै तिर कोलाहल , पिडा को आर्त्नाद सुनेर बाल मस्तिष्क हरु पनि, समृद्विकाे सपना बुनन नसकि तुहिन थालेकाे छ ।

देश विकाशकाे निम्ति नभएर ,अभिभावक हरू बलात्कारकाे उजुरी लिएर अदालतकाे कठघरमा दिनहु समय खर्चनु परेकाे छ । शान्ति भुमि भनेर बिश्वले सराहना गर्ने हाम्राे देशमा अाज खुलेर निभिर्क भई सडकमा हिड्न पनि कदम डगमगाउन थालेकाे छ । किन अाज हरेक छोरी चेली ले अाफ्नाे अस्मिता जाेगाउन धाै धाै परेकाे छ । अाखिर कहिले सम्म सहने याे अत्याचार ,याे अराजकता ? यौन जन्य शारिरिक ,मानसिक हिंसा , तेजाव प्रकरण जस्ता जघन्य अपराध सहेर ,कतिदिन सिर्जन शिल काम गर्ने मनाेभावनामा गम्भीर अाधात पुस्यएकाे धाइते मुटु लिएर कतिदिन बाच्ने ? ढुक्क सँगले अभिभावक हरू न निधाउन सकेका छन् , न त अाफ्नाे दिन चर्यामा निस्कन सकेका छन् । छाेरि , दिदी बैनि, अाफ्नी शिष्य , श्रीमती माथि सुन्दर सपना बुनेका पिता, दाजु भाई श्रीमान र गुरूहरूकाे शिर निहुरियाएर हिड्नु पर्ने स्थितिकाे सृजना भई रहेकाे छ दिन का दिन ।कति लजास्वद भयाे हाम्राे देश !हाम्राे समाज ! अाज पिडि्तले न्याय पाउन नसकेकाे कारन पनि कतै कमजाेर प्रशसन , अशक्त , गरिबी, र सामान्य नारि भएर त हाेईन् ? नारि प्रतिकाे भेद भाव , हेपाहा प्रबृति मात्र गँजिदै गएकाे छ हाम्राे समाजमा । खै त नारि प्रतिकाे समानता र स्वतन्त्रता ? हरेक दिन २ बर्ष देखि १३ बर्ष सम्मका मात्र नभई बृद्धा, दृष्टि विहिन पनि बलाकृत भई रहेका छन् । तर एकाध पुरूष मित्रहरू बाहेक अरू कसैले खुलेर न बाेल्न सकेका छन् न त न्यायकाे लागि कुनै अपिल या बहस नै ।उल्टै नकारात्मक प्रतिक्रिया अाउछन् ।

अङ्ग प्रदर्शन, महिलाको हाउ भाउ, श्रिङ्गार् र अाडम्बर पस्चिमा जीवन शैली । महिलालाई नै दाेसि ठहर्याउने यो कस्तो संकीर्ण मानसिकता, पिडित लाई नै उल्टै बेश्या, चरित्रहिनता काे अाराेप लगाईने याे मानसिकता कस्ताे ? पितृसतात्मक साेच काे उपज हैन त ? तिनै नारि काे जय जयकार मा अाँफु देव तुल्य काे ताज पहिरिने ,अनि जति सक्दाे उनैलाई तुच्छ मानि” खुट्टा भए जुट्टा हजार ” “मर्द का साट अाेटी” सालि कस्की भेनाकी , साली अाधि घरवाली “जस्ता अपशब्द, अश्लील ब्याख्या गरेकाे दैनिक हाम्राे समाजमा देख्न सुन्न पाईन्छ । तिनै कुरा फेरि महिलामा लागू हुदैन किन ? देबर कस्काे भाउजू काे भन्नू पर्ने हाे नि त महिलाहरु ले पनि , तर भाउजुले चै अामाकाे स्थान लिनु पर्ने । जब देवर काे , भाउजू अामा सरह भए पछि, भेना पनि सालिकाे बाउ सरह हुनु पर्ने हैन र ? के याे पितृसत्तात्मक ,हेपाह प्रवृती हाेईन र ? याँहा नारी अस्मिताकाे मात्र पश्न उठ्दैन ,याे समस्या हरेक अामा, छाेरी, बुहारी, दिदी, वैनी माथि भएकाे सामाजिक मानसिक उत्पीडन हाे । तिनै अामा , छारी, दिदी वैनी हरूकाे सम्बन्ध भित्र पुरूष मित्रहरू पनि छन, दुवैमा पिडि्त र पीड्क पनि छन् । कुनै पुरूषकी छाेरी याैन हिसांमा पिडि्त छन् भने , याैन हि्ंसामा लिप्त पनि कुनै पुरूष नै छन् ।

तेसैले याे समस्या सिर्फ महिलाकाे मात्र नभएर सामाजिक र सामुहिक समस्या हाे । तेसैले अब हरेक जाना अभिभावकले मात्र साेच्नु भन्दा, देशकाे सम्माननिय राज्य संयन्त्रमा रहेका पुरूष ,महिला सबैले गैर जिम्मेवार अभिव्यक्ति ले अशि्लल ,उत्त्तेजक शब्द प्रयोग गरि टीका टिप्पनी गर्नु भन्दा, अाफ्नी छाेरी, श्रीमतीकाे निर्दाेस अनुहारमा निर्मला, सम्झना, श्रेया जस्ता पिडि्तकाे अनुहार देख्न सक्नु पर्छ , उनिहरूकाे अभिभावकले भाेगेकाे पीडा अनुभुत गर्न सक्नु पर्छ । अनि मात्र हामी सबैमा न्यायकाे लागि ससक्त भएर लड्ने अाटँ अाउछ ।बलत्कार राेक्नलाई भनाै, या त न्याय पाउनकाे निम्ति भनाै, अब कतिन्जेल महिलाहरू ज्ञापन पत्र बाेकेर, महिला तथा बाल बालिकाकाे सम्मान , मयर्दा पुर्बक जिउन काे लागि सुरक्षित बातावरन, अपराधीलाई सजाय दिने विषयमा माग राख्दै कतिन्जेल प्रधानमन्त्रीकाे निवासमा धर्ना दिने,न्यायकाे लागि अर्घनग्न हुँदै , सामुहिक मुडन गर्दै कस कस्काे अगाडि हात फराउने अब? याे समाज भनेको हामीलेनै निर्माण गरेको एउटा सुन्दर संरचना हाे र यसलाई अझै सुन्दर बनाउन ,हामिलेनै त्रासरहित, लैंगिक हिसां विना छाेरि चेलिबेटिहरू बाँच्न सक्ने बनाउन सक्नुपर्छ ।

ताकि मानवता विराेधि हरकत गर्ने कतिपय दलाल एवं सत्ताधारि बिचाैलिया हरू जसले पिडीत माथि झन पीडा थपेर पीड्कलाई सजायबाट उम्किन सहयाेग पुर्याई रहेका छन् , उनिहरूले सिक्नु पर्ने एउटा पाठ दिन सकिकाेस् । नारि सृष्टि काे मुहान र सहनशीलताकाे प्रति मुर्ती हुन भने, संहार गर्न सक्ने सार्मथ पनि छ नारिमा भनेर पनि बुजि राख्नु जरूरि छ । अब समय अाई सकेकाे छ , नारि स-सक्तिकरन काे नाम मा झन्डा बोकेर नारा बाजि , हार गुहार गर्नु भन्दा ,अात्म सुरक्षा र दाेषीलाई सजाय दिन अाफैले सक्नु पर्छ । यदि काेई महिसासुर बनेर अाउछ भने ,अशुर मर्दिनि बन्न सक्नु पर्छ । कि त हरेक नाबालक देखि बृद्धासम्म सबैले निर्वस्त्र भएर हिड्नु पर्यो ,यात ईसलाम धर्मावलमि नारि झै बुर्खा लाएर दुईटा अाँखाकाे नानि मात्र टिलिक्क टल्काएर हिड्नु पर्याे । नत्र भावि पुस्ता काे निम्ति नारी शसक्तीकरन को अरू विकल्प खै त ?