के थियो दरबार हत्याकाण्डको रहस्य ?

                               

अहिले सम्म पनि राजा विरेन्द्रको हत्याको पछाडि क-कसको हात थियो भनेर किन खुल्न सकेन ?

नेपालको इतिहासमा २०५८ साल जेठ १९ गते आजकै दिन दरवार हत्यकाण्ड भएको थियो । नेपालको ईतिहासमा कालरात्री मानीने चर्चित नारायणहिटी दरबार हत्यकाण्डमा राजा विरेन्द्र सहित ११ जना राजपरिवारको मृत्यु भएको थियो । आज यो घटना घटेको १७ वर्ष वित्यो अहिले सम्म यो घटनाको रहस्य खुल्न सकेको छैन । उक्त हत्या काण्डले विश्वलाई नै स्तब्ध बनाएको थियो । नेपालको ईतिहासमै सबै भन्दा क्रुर दराबार हत्याकाण्ड नै हो ।  कडा सुरक्षा घेराभित्र उनीहरुको हत्या गरियो । बाहिर २५ हजार सेनाहरुको बलियो सुरक्षा थियो । तर, यसको रहस्य खुल्न सकेको छैन् । उनीहरुको कसरी मृत्यु भयो भन्नेमा सबै चकित छन् । कसको हातबाट मृत्यु भएको हो भन्ने समेत खुल्न सकेको छैन । दरबार हत्या काण्डलाई केलाउदै जादाँ धेरै एक चोटी सत्यको नजिक पुगेपनि खास रहस्य बारे कसैलाई थाहा हुन सकेको छैन ।

धेरैले देशबाट राजा हटाउन विरेन्द्र नै प्रमुख कारण भएकाले हत्या गरिएको हुन सक्ने अनुमान गरेका छन् । तर, प्रत्यक्षर्शीहरु भने हत्या तत्कालीन युवराज दिपेन्द्र गरेको बताउछन । हुन सक्छ दिपेन्द्रले नै हत्या गरे । दिपेन्द्रले नै गरेका भए सबै परिवारलाई किन मारे । आफु राजा बनेर देवयानीलाई भित्र्याउने सोचमा उनले हत्या गरेका भए,  आफ्नो परिवारकै नास हुने गरि हत्या किन गरे ?

यो केवल एक प्रश्नको रुपमा मात्र सिमित हुन पुग्यो । हत्या काण्डको रहस्य खोज्ने नाममा राजा विरेन्द्रको लाशमाथी ताण्डब मात्र गरियो । निरिह जनता हेरिरह्यो, सुनिरह्यो । उनीहरुको जिज्ञासा अहिले सम्म पुरा हुन सकेन । यसमा तत्कालीन शाही नेपाली सेनाका प्रधानसेनापति प्रज्वल शम्सेर राणा, तत्कालीन सैनीह सचिव विवेक विक्रम शाह, एडीसी राजु कार्की, र गजेन्द्र बोहराको संलग्नता रहेको हुन सक्ने अनुमान समेत गरिएको छ । उनीहरुको विविध हिसाबले विदेशी गुप्तचर एजेन्सीहरुसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्नता रहेको अनुमान समेत गरिन्छ ।

मुलुकले आर्थिक तथा राजनितिक हिसाबले लामो फड्को मारेको छ । राजाहरुको शासन चल्ने देशमा गणतन्त्र आयो राजनैतिक दलका नेताहरु प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म हुदै देशले संघिय संरचनामा पाईला टेकेको छ । विश्वकै उत्कृष्ट संविधान २०७२ निर्माण भयो । हाल सम्म दरवार हत्याकाण्डको बारेमा छनविन हुन सकेको छैन । नेपालका राजनितिक दलहरुले दरवार हत्या काण्डको रहस्य लुकाउन खोजेको हुनसक्ने आसंका पनि गरिएको छ । यसलाई खोतल्दै जानेहो भने आजपनि थुप्रै रहस्यहरु फेला पार्न सकिन्छ । तर, गढातान्त्रीक नेपालका विभिन्न समयमा बनेका सरकारहरुले दरबार हत्याकाण्डको निश्पक्ष छानविन नगरेर वीरेन्द्रको परिवारमाथि अन्याय गरिरहेको छ ।

धेरै पटक नेपालका कम्युनिष्ट पार्टिहरुले रहस्य लुकाउन खोजेको आरोप समेत लाग्ने गरेको पाईन्छ । देशबाट राजा हटाउनको लागी तत्कालीन पार्टि एमाले र तत्कालीन बिद्रोहि माओबादीले पूर्व राजा ज्ञानेन्द्र र पारसमाथि हत्याको आरोप थुपारेको लगाएर आफुहरु उम्कन खोजेको हुन सक्ने धेरै अनुमान समेत छ । वास्तवमा यो साँचो हो जस्तो देखीदैन । नेपालका केहि नेता तथा पार्टिहरुले कम्युनिष्ट सरकारलाई कमजोर बनाउनको लागी यस्तो आरोप लगाएको अनुमान गर्न सकिन्छ । उनीहरुलाई संका गर्नु स्वाभाविक जस्तो पनि लाग्छ । उनीहरुले राज्य सत्तामा रहेर पनि न्यायको भोक मागी रहेको दरवार हत्या काण्डबारे खोजी निती गरेका छैनन् । विज्ञहरुका अनुसार दरबार हत्याकाण्डका योजनाकारहरुको साक्षी विपी र प्रचण्ड रहेको भन्ने आरोप समेत लगाएका छन् । मुख्य योजनाकारका साँक्षिहरुमा प्रचण्डलाई सबै कुरा जानकारी हुदा पनि उनले यसबारेमा केहि खोल्न नचाहेको भन्ने हल्ला एक चोटी धेरै चलेको थिया । उनले यो रहस्य राज संस्थान फ्याक्नको लागी त्यस लुकाुएको हो भन्ने आरोप प्रचण्डले खेप्दै आएका छन् ।

 

हत्या गर्ने योजना कसको थियो ?
तत्कालीन समयमा गाठन गरिएको उच्च स्तरीय छानविन आयोगले हत्यामा दीपेन्द्रको संग्लनता रहेको प्रतिवेदन सरकारलाई बुझाएर आफ्नो झारो मात्र टारेको देखीन्छ । अहिले सम्म पनि राजा विरेन्द्रको हत्याको पछाडि क-कसको हात थियो भनेर किन खुल्न सकेन ? यदि दिपेन्द्र नै हत्या काण्डका मुख्य योजनाकार हुन भने के कारण दिपेन्द्रले आफ्नै परिवारको हत्या गरे ? यो विषयमा प्रतिवेदनले प्रष्ट पारेको छैन । छानविन समितीले पेश गरेको प्रतिबेदन हचुवाको भरमा मात्र तयार पारेको प्रष्ट हुन आउछ । के दिपेन्द्र यात्रो घटना गर्न सक्छन् ? यो असम्भव छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकमा देशवासीका नाममा दिएको एक वक्तव्यमा उनले घटना साह्रै निरिह भएको बताए । वक्तव्यमा उनले घटना कसरी भयो भन्ने प्रष्ट पारेनन् । उनले चाहेर लुकाएका हुन या नचाहेर नभनेका हुन वक्तव्यमा घटनाको बारेमा सानो जानकारी समेत समेटिएको थिएन ।
संवैधानिक राजतन्त्रमा राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने हुन्छ । तर, त्यत्रो घटनाको छानविन गर्ने प्रतिबद्धता समेत गिरिजाले देखाएनन् । शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाले घटनाको सत्यतथ्य जानकारी नखोजेरै जनताको सामु आफै प्रकट हुनेछ, भनेझै यथार्थ परिस्थिति र घटनाको सत्य(तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ भन्दै उम्किए । उनले पटक पटक दरबार हत्याकाण्डको ग्रान्ड डिजाइन खोल्दिन्छु भन्दै भाषण गरे, अहिले नखोलेरै बिते ।
मनौ दरवार हत्याकाण्ड दिपेन््रले नै गरेका हुन । दिपेन्द्रले त्यात्रो काण्ड गर्दा सम्म एडीसीहरू कहाँ थिए र के गरिरहेका थिए ? डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए । बन्द गरिएको कोठाको झ्यालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् ?

एम्बुलेन्समा उपचार गराउन घाईतेहरुलाई उचारको लागी वीरेन्द्र सैनिक अस्पतालमा ल्याइृएको थियो । उनीहरुले अस्पतालमा ल्याउना साथ उनीहरुले हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए । यो कुरा शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डलाई राम्रो संग थाहा छ, उनी शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुन ।

उनले यसबारे केहि बताएनन् । जीवन, मरणको दोसाँधमा रहेको मानीसले कहिल्यै झुटो बोल्दैन । यसैले डा. मृगेन्द्रराज पाण्डेलाई यसको पुरा जानकारी सुरुमै थाहा भईकेको थियो । उनले यो कुरा शहिल्यै खोनन् । राजा दिपेन्द्रले आफ्नो परिवारको हत्या आफैले गरेका हुन भने उनलाई तत्कालीन समयमा राजा घोषणा गरियो । हत्यारलाई राजाको दर्ता दिएर सम्मान दिने होईन । उनलाई कार्वाहि गरिनु पथ्र्यो । एक चोटी गहन भएर हेर्ने हो भने दिपेन्द्रलाई हत्याकाण्डमा फसाउन खोजिएको जस्तो पनि देखीन्छ ।

देवयानी र दीपेन्द्र विच प्रेम


सन् १९८७ देखि १९९० सम्म दीपेन्द्रले इंग्ल्यान्डको इटन कलेजमा अध्ययन गरेका थिए । त्यतिबेला उनका स्थानीय अभिभावक सर जेरेमी बाग्गे थिए। बाग्गेकी छोरी देवयानीकी साथी थिइन । देवयानीलाई दीपेन्द्रले पहिलो पटक उनकै घरमा भेटेका थिए । करिब १२ वर्ष चलेको उनीहरुको प्रेम सम्बन्ध त्यहि भेट पछि बसेका होे । उनीहरुको विवाहको कुरालाई लिएर रानी ऐश्वर्यले अस्विकार गरेपछि उनीहरूको विवाह हुन सकेन । यहि विवादका कारण दिपेन्द्रले राजदरबार हत्याकाण्डको घिन लाग्दो घटना रचेको हुनसक्ने शंका गर्ने गरिएको छ । देवयानी यो घटना लगत्तै भागेर नयाँ दिल्ली पुगेकाले यो घटनाको शंकामा थप बल पुर्याएको छ । उनी घटना बारे मौन बसीरहेकि छिन ।

को हुन देवयानी ?
देवयानी राप्रपा नेता पशुपतिशमसेर राणा र उनकि कान्छि श्रीमती उषाराजे सिन्धियाकी कान्छी छोरी हुन । उषाराजे भारत ग्वालियरका पूर्वमहाराजा जर्ज जीवाजी राव सिन्धिया र विजयाराजे सिन्धिया कि छोरी हुन । उनकि आमा पनि भारतकी चर्चित राजनीतिज्ञ थिइन । उनी तत्कालीन राजस्थानकी मुख्यमन्त्री बसुन्धराराजे सिन्धिया देवयानीकी सानीआमा हुन् । सन् २००१ सेप्टेम्बर ३० मा हवाई दुर्घटनामा निधन भएका भारतका पूर्वमन्त्री माधवराव सिन्धिया उनका मामा हुन । उनले देहरादुनको वेल्ह्याम गल्र्स हाइस्कुल, अजमेरको मायो कलेज गल्र्स स्कुल र दिल्लीको लेडी श्रीराम कलेजबाट आफ्नो पढाई गरेकि थिइन भने काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन् ।