गणतान्त्रीक आन्दोलनको उपलब्धी र नेपालका राजनीतिक दलहरुको दिशा

                               

देशलाई गतिशील जीवनपद्धति र साँस्कृतिक आधार बनाउनु नै लोकतन्त्रीक गणतन्त्रको मुल्य मान्यता हो । तर, अहिले सम्म पनि यसको कार्यान्वायन भने हुन सकेका छैन् । देशलाई आर्थिक, सामजिक र साँस्कृतिक हिसाबले अगाडि लैजानु नै विभिन्न आन्दोलनको उद्देश्य रहदै आएको छ । अन्तिममा यसको विपरित हुने गर्दछ , अखिर आन्दोलन भनेकै कुर्सि प्राप्तिका लागी मात्र हो भन्ने अनुभवले जनाउछ । नेपालमा लोकतान्त्र आएको पनि १२ वर्ष भन्दा बढी भयो । यसको कार्यान्वायनमा अझै दलहरु अनविज्ञ नै छन् जस्तो व्यवहार गरिरहेका छन् ।

लोकतान्त्रीक गणतन्त्रको ईतिहासलाई केवल एक ईतिहास बनाएर भोट माग्ने आधारमा मात्र बनेको छ । देश संघिय संरचनामा प्रवेश गरिसक्दा सम्मपनि आफैले ल्याएको लोक तान्त्रीक गणतन्त्रलाई दलहरुले पछ्याउन सकेका छैनन् ।विभिन्न आन्दोलनले देशमा न्यायीक पुनरावलोकन सहितको न्यायलय, कार्यपालिका, आवधिक निर्वाचनका आधारमा विद्यायिकी संरचना, संबैधानिक निकाय, मानव अधिकार आयोग, निर्वाचन आयोग, व्याक्तिलाई सशक्त बनाउनका निमित्त मौलिक हक लगायतको व्यवस्थापन गरेको छ । यो नेपालको लोकतान्त्रीक आन्दोलनको महत्वपुर्ण उपलब्धि हो । तर यसको कार्यान्वयन हुने कुरामा भने असफल्ता  देखीदै आएको छ ।

देशका ठुला केहि राजनितीक दलहरुले लोकतान्त्रीक गणतन्त्रले ल्याएको अधिकारको धज्जी उडाउने काम गरिरहेका छन । यसले नेपालको राजनितीमा विचौलीया शासकहरु जिउदै रहेको छर्लंग पारेको छ । देशबाट राजाशासनको अन्त्य देशले गणन्त्रमा प्रबेश गर्यो । देशबाट एउटा राजा हटाएर हजारौ राजाहरुको जन्म भयो । यदि यस्तो हुनु नै थियो भने किन लाखौ नेपालीले आफ्नो बलीदान दिनु पर्यो । नेपालमा पछिल्ला समयहरुमा घटीरहेका घटनाक्र लाई हेर्दा यसको अझ बढी चरितार्थ पाईन्छ ।

विभिन्न समयमा देशमा राजनीतिक अस्थीरताका कारण युवाहरु विदेशी रहेका छन् । नेपालका राजनीतिक दलहरुलाई सरकार ढाल्दै र बनाउदैमा वर्षौ वित्यो । तर, उपलब्धि भने अझै सुन्य छ । जनताहरु विकाशको भोक मागी रहेका छन् । राजनीतिको फोहोरी खेलकै कारण पछिल्लो पुस्ताको राजनीति प्रतिको विश्वास समेत उडि सकेको छ । जनताले देश बनाउलान भन्ने आस आसमा मात्रै सिमित छ । अहिले सम्म दुलाम्य सडकहरुमै जनताहरुले आफ्नो पैतलाहरु नचाई रहेको पाईन्छ ।

सोझा जनताको आशालहरु कहिले पुरा हुन्छन् ? यहि आसमा भोट दिएर केन्द्रमा पठाउछन् । केन्द्रमा जाँदा ति जनतालाई नै नेताहरुले विर्सेर आफ्नो आफ्नोलाई बनाउने गरेको थुप्रै उदाहरणहरु छन् । नेपालको संविधानले दिएको अधिकारलाई सदुपयो समेत गर्न दिईदैन् ।