कविता : यही हो हामीले चाहेको संविधान ?

                               

बिभाजन र बिखनडनको
कर्कश शब्दमा मुछिएको,
देश को सान र स्वाभिमान
रूपी हाम्रो संविधानलाई,
अब आउने पुस्ताले ,
के यहि सङ्ग्या दिने त ?

सं-संहार
वि-विभाजन
धा-धारिलो हतियारले
न-नया पुस्ताको
के यसरि नै हो त
हामिले जोगाउने संविधान र स्वाभिमान
के यहि हो त हामी ले चाहे को संविधान ?
संविधान को आडमा
जसले अबलाको सिन्दुर पुछ्यो,
जस्ले सन्तानको पिता खोस्यो,
जस्ले आमाको काख उजाड्यो,
जस्ले देशको सचा सपूत खोस्यो,
मानबिय समबेदना नभएका,
हाम्रा देशका नेतृत्व कर्ताहरु
कसरी जोगाउछौ यो कोसे डुङ्गा ?

नेपाल जननि को मुटु चिरी,
सात टुक्रा पारी,
छिया छिया पार्ने,,
पुर्खेउली सनातन धर्म को ,
धज्जी उडाएर ,
डाइनोसोरस को प्रजाति मासियेझै,
एकादेश मा एउटा हिन्दू धर्म थियो रे,
भन्दै आउने पुस्ता ले चिडियाखाना मा ,
हेर्दै रमाउने एउटा मानव जाती मा परिणत गर्ने,
संसार कै एउटा कलङ्कित अधयाय बन्न पुग्यो
किन आज यो संविधान ?

आँसु ले लपक्क भिजेको,
रगत ले लतपत मुछिएको,
संघीयता को नाम मा,
सबै सखाप पारी,
रक्त पात गराउने ,
समाज लाई भड्काइ
देश लाई भड्खालो मा घचेटने,
कति निर्लज्य,कति विवेक हिन,
हाम्रा देश का कर्णधार भनौदाहरु।

घुसपैठ गरायेर भाला रोप्ने, घाटी रेटने,पिल्स्यायेर,
बिभस्य हत्या गर्ने,
हामी लाई ढlल बनायेर,
आफ्नो दुनो सोझो पार्ने,
रक्त पिपासु अबतारि्हरु,
लाज हुदैन ?

एकातिर भुइचालो ले मच्चाएको बिधङ्स,
अर्कोतिर सिमाङ्कन ले निम्त्याएको अप्रिय स्थिति ।

उफ्र!कति सहने यो पिडा ,
अज ६० खर्ब को यो संविधान रुपि,
हाम्रो हक र अधिकार खोसी,
आर्यघाट मा सेलाउनु पर्ने स्थिति पारेउ।

हे नेपाल जननी का प्यारा सन्तान ,
हे राष्ट्र प्रेमी भाइ बहिनी हरु,
समय रहदै संकल्प गरौ,

किनकि हामीलाई आमाको
आसु नलागोस,
टुहुरा बिधुवा को,
स्राप नलागोस।
देवी देवता को,
दैव नलागोस।
देश नै रहेन भने,हामी नै रहिनौ भने ,
कसलाई चाहियो यो संविधान ?

येस्तै नै हो भने भोलि सहिद को अत्मा ले पनि धिक्कर्ने छ हामीलाई।
संस्कार र अस्तित्व नै गुमाउनु पर्ला,
तेसैले कु -कृत्य हटाएर स्वभिमानी बनौं ।
आमा को अस्मिता विश्व दरवार मा, लिलाम हुन बाट बचाउ।
यदि हामिमा एउटे आमा को ,
रगत बगेको छ भने।
फैलियेको छ आज चारैतिर ,
सिर्फ बितृस्ना ,भ्रस्टाचार ,
पिडा को आर्तनाद,
खोइ मानबियता?
खोइ भाइचारा?
खोइ भातृत्व प्रेम?
येहि नै हो त हामी ले चाहे को संविधान ?
विश्व हसाउने हो भने ,
yस्तो कलुसित,गाइजात्रे संविधान ,
किन चहियो?
कसलाई चाहियो?

हामीले चाहेको स्वाभिमान जोगाउने ,
रास्टृिय एकता बचाउने एस्तो, संविधान जस्ले गर्छ
सं-संरक्षण र
वि-विकास
धा-धावमान गतिले
न-नया नेपाल् को।
यहि हो हामिले चाहेको संविधान ।